‘बाटो हेरी नरौउहै आमाले…’ भन्दै बद्री (भिडियोसहित)

काठमाडौं,
आश्विन ६ ।

बद्री पंगेनीको स्वरमा रहेको गीत ‘बाटो हेरी नरौउहै आमाले…’ सार्वजनिक भएको छ । दीपक कँडेलको शब्द, गणेश अधिकारीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

क्रान्ति के.सी.ले निर्देशन गर्नुभएको गीतको भिडियोमा बद्री पंगेनीसँगै सुलोचना भडेल, मनिषा लोकन्द्रीलगायतको अभिनय रहेको छ । गीतको भिडियोमा आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको छ ।

यसमा निराजन के.सी.को सहनिर्देशन रहेको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा क्रान्तिकै सम्पादन रहेको छ ।
क्रान्तिको निर्देशनमा गत हप्तामात्र सार्वजनिक भएको गीत ‘मेरो नशा नशामा तिमी…’ले चर्चा बटुलिरहेको वेला नयाँ गीत सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार