काठमाडौं,
आश्विन ६ ।
म्यासेन्जर ब्यान्डका गायक समिर हमालको स्वरमा रहेको गीत ‘माया माया…’ बजारमा आएको छ । शुशिल सापकोटा शब्द, म्यासेन्जर ब्यान्डकै सङ्गीत रहेको गीतको भिडियो बजारमा आएको हो ।
आरबीके शरदको निर्देशन रहेको गीतको भिडियोमा शिलास्मा हमालको अभिनय रहेको छ । शिलास्मासँगै भिडियोमा भाईरल अघोरी बाबा र हास्य अभिनेता महादेब त्रिपाठी रहनुभएको छ ।
महादेबको आफ्नो माया हराउँदा ती माया अर्थात शिलास्मालाई बाबाले मोहनी लगाएर आफ्नो बसमा पारेको कथा यो भिडियोमा प्रस्तुत गरिएको छ ।
रक पप शैलीको यो गीतको भिडियोमा मनिष महर्जनको छायाँकन, प्रविण श्रेष्ठको सम्पादन छ । भिडियोमा म्यासेन्जर व्यान्डका कलाकारसँगै अग्रज ड्रमर ज्योती घिमिरे पनि प्रस्तुत हुनुभएको छ ।






