ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र ट्राफिक कार्यालय पर्साद्वारा सचेतना अभियान

राहुल गुप्ता
वीरगञ्ज
आश्विन ६ ।

ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सचेतना अभियान शुरु गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्रले एक हप्तामा दुई पटक हुने गरी ट्राफिक सचेतनाका अभियानको शुरु गरेको प्रहरी निरीक्षक कमलराज पण्डितले बताउनुभयो ।

चीनको वुहान शहरबाट शुरु भई अहिले २१५ वटा देशमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने तथा ट्राफिक नियमकोसमेत पालना गर्नको लागि सो सचेतना अभियान शुरु गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनुभयो ।

सो अभियान अन्तर्गत घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौ, एक अर्काबीच सामाजिक दुरी कायम गरौ, पसलमा बस्ने र पसलमा आउने व्यक्तिले माक्सको प्रयोग गरौ, पसलहरूमा अनिवार्य रुपमा सेनिटाइजर प्रयोग गरौ, मादक पदार्थ सेवनगरी सवारी नचलाउ, सवारी चलाउँदा ओभरटेक नगरौ, लेन अनुशासनको पलना गरौ, तिब्रगति तथा क्षमताभन्दा बढी यात्रु नराखौ, ट्राफिक सङ्केत र इसाराको पलना गरौ, सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, बिना हेल्मेट तथा सवारी परिवर्तनगरी मोटरसाइकल नचलाऔं, अनावश्यक हर्नको प्रयोग नगरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौ, सवारी साधन चलाउदा मोबाइलको प्रयोग न गरौ, शारीरिक असक्त भएका वृद्ध–बृद्धा, केटा–केटीहरूलाई सडकमा प्राथमिकताका साथ बाटो काट्नमा सहयोग गरौ, सवारी साधनको नियमित चेक जाँच गर्ने गरौ, ट्राफिक नियमको पलना गरौलगायतका नाराहरू लेखिएका पर्चा पम्पलेटहरू आदर्शनगरको विभिन्न पसल चौकमा बाडिएका थियो । उक्त नियमहरू पालना नगरेमा कारवाहीसमेत गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै अव्यवस्थित तरिकाले पार्किङगरी राखिएका २५ भन्दा बढी मोटरसाकल धनीलाई कारवाही गरिएको पर्सा ट्राफिकका प्रहरी नायब निरीक्षक सुर्यबहादुर थापा मगरले जानकारी गराउनुभयो । कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतान, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशनकुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रवी बर्णवाल, दीपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाहलगायत स्थानीय बुद्धिजीवीहरुको सहभागीता रहेको थियोे ।

यसमा तपाइको मत

अन्य समाचार