काठमाडौं,
आश्विन ६ ।
चलचित्र ‘लक्का जवान’ चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको ‘लक्का जवान’ आगामी चैतमा सार्वजनिक प्रदर्शनमा आउने भएको हो । गत चैत्र २१मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र कोरोनाको कहरका कारण रोकिएको थियो ।
प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने चलचित्रका निर्देशक शिवहरि पौडेलले बताउनुभयो ।
‘हामी फिल्म तयार गरेर बसेका छौ’ पौडेलले भन्नुभयो ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुनेवितिकै सार्वजनिक गर्छौँ ।’ चलचित्रको अहिले दोर्याएर कलर करेक्सन र मिस्केट केलाउन काम भइरहेको पौडेलले बताउनुभयो ।
केही गीत सार्वजनिकको अलवा प्रसारप्रसारसमेत गरेर पनि सार्र्वजनिक स्थगित भएको चलचित्र ‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय रहेको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्रको सह-निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुनुहुन्छ । ‘लक्का जवान’ पाका उमेरका मानिसहरूको कथाको बिषयमा बनेको कमेडी चलचित्र हो ।






