मनिष बसिष्ट ‘बिलाप’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन ४ ।

अमेरिकामा रहेर गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ । शास्त्रीय सङ्गीतका गायक सजल न्यौपानेको स्वर तथा सङ्गीत रहेको गीत ‘बिलाप’ मा रिदम कडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई एम बी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।

गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ ।

गीतकार मनिष बशिष्टका अनुसार करिब तीन वर्षजति अघि लेखिएको यो गीत विबिध कारणले रेकर्ड गरिएको थिएन पहिलोपटक गायक सजल न्यौपाने सँगको पहिलो सहकार्यमा गीत ल्याउन पाउदा खुसी लागेको बताउनुभयो ।

समयको माग अनुसारको गीत भन्दा पनि दश वर्षे जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाइ छोटो श्रव्यदृश्य मार्फत समाजलाई दर्शाउन पाएकोमा आत्मसन्तुष्टि पाएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार