संविधान दिवसको अवसरमा कलाकार्मी सम्मानित/विभूषित

काठमाडौं,
आश्विन ३

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट बिभिन्न कलाकर्मीलाई सम्मानित/विभूषित गरिने भएको छ । सुप्रवल जनसेवा श्री तृतियबाट गायक तथा सङ्गीतकार जगत मर्दन थापा, कलाकार तथा प्राज्ञ निशा पोख्रेल र बुलुह्यङ राई मुकारुड सम्मानित/विभूषित हुनुहुने भएको छ ।

यस्तै कीतिमय राष्ट्रिय (चतुर्थ)बाट कलाकार विल्सन बिक्रम राई, प्रवल सनसेवाश्री चतुर्थबाट कलाकार उत्तम के सी, सङ्गीतकार सुरेन्द्र गोपाल श्रेष्ठ लोकगायिका देवीमाया थापागुरुङ, फिल्म मेकर मञ्जुकुमार श्रेष्ठ, फिल्म सम्पादक नरेन्द्रबहादुर खड्का छेत्री र तवलावादक सरिता मिश्रलाई सम्मानित/विभूषित गरिने भएको छ ।

त्यस्तै जनसेवा श्री (पंचम)बाट गायक कृष्णप्रसाद काफ्ले, गीतकार वनेम लिम्वुलाई सम्मानित/विभूषित गरिने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार