एभरेष्ट फूजी सोसाइटी हामामाचु जापान र आप्रवासी महिला कामदार समुहद्वारा खाद्यान्न सहयोग

काठमाडौं,
आश्विन ३ ।

एभरेष्ट फूजी सोसाइटी हामामाचु जापान र आप्रवासी महिला कामदार समुहले कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणलाई नियन्त्रण र रोकथामका लागि गरिएको ‘लकडाउन’ तथा निषेधाज्ञामा समस्या भोगिरहेका नेपालीहरूलाई खाद्यान्न सहयोग सहयोग गरेको छ । बन्दी सहायता केन्द्र (पीए नेपाल)मार्फत सडक बालबालिका, तथा टुडिँखेल आसपासका मजदुरहरूलाई एक छाक खाना खुवाएको हो । पीए नेपाल समाजसेवी इन्दिरा राना मगरले चलाउँदै आउनुभएको छ ।

जापानको हामामाच्चु सिटी वरीपरी बस्ने नेपालीहरूले चार वर्ष (सन् २०१६) अगाडी उक्त सामुहिक संस्थाको गठन गरेका हुन् । त्यहाँ बसोबास गर्ने नेपालीहरू माझ दुःख बिराम, आर्थिक सङ्कट, कुनै पनि प्रकारको दुर्घट्ना, भाषाको समस्याले आईपर्ने बिपत्ती र कम्पनीमा काम गरेपछि तलब नपाएको गुनासोको सुनुवाई तथा समाधान को सहजकर्ता को भूमिका निभाउने र नेपालीहरूको प्रमुख चाडबाड जस्तै तीज, बडादशैं, ल्होसार, बुध्दजयन्ती, साकेलामा सबैजना एकैठाउमा भेला भएर मनाउने उद्देश्यले उक्त संस्थाको जन्म भएको थियो ।

नेपालको एभरेस्ट हिमाल र जापानको फूजी हिमालको नामबाट राखेर नेपाल र जापानको दौत्य सम्बन्धलाई पनि झल्काएको छ । विशुद्ध, नाफारहित सामाजिक संस्था भएकोले त्यसक्षेत्र वरीपरी बस्ने मात्र नभएर जापानभरीकै नेपालीहरूलाई परिआएको सुखदुःखमा साथ दिने भरपर्दो संस्था हुन सकेको एभरेष्ट फूजी सोसाइटी हामामाचु, जापानका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार शुक्र राईले जानकारी दिनुभएको छ ।

चारवर्षभित्र यस संस्थाले नेपालमा बाढीपहिरो, डुवान, भुकम्पले क्षति पुर्‍र्याएको ठाउँमा राहत पठाएर पीडीतहरूलाई दुःखमा सानो भएपनि सहानुभूति प्रदान गर्दै आएको पनि शुक्र राईले जानकारी दिनुभयो । विश्व महामारीको रुपमा कोविड १९ले अन्य देशमा जस्तै विगत ६–७ महिना अगाडीबाट नेपाललाई पनि आक्रान्त बनाएको प्रति लक्षित गर्दै दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने मजदुरहरू प्रभावित हुन पुगेकोमा खाद्यान्न सहयोग गरेको हो ।

एभरेष्ट फूजी सोसाइटीका वर्तमान अध्यक्ष कमल श्रेष्ठको नेतृत्वमा संस्थाको पदाधिकारीहरू छलफलमा जुटेर केही खाद्यान्न सहयोग गर्ने निर्णय गरेका हुन् ।

त्यस्तै आप्रवासी महिला कामदार समुह प्रवासमा श्रम गर्न गएका नेपाली महिला दिदीबहिनीहरूको समस्यामा वकालत गरिरहेको संस्था हो । धेरै जस्तो नेपाली महिलाहरू भारत, खाडीमुलुक र मलेसियामा बढी पीडित छन् र त्यस्ता पिडीत महिलाहरूलाई सम्बन्धित देशको नेपाली राजदुतावासमार्फत सम्पर्कमा पुगेर उद्दार गर्ने गर्दछ । अहिले बिभीन्न मुलुकबाट फर्किएका पिडीत महिलाहरू सिधै आफ्नो घर जान नसक्ने अवस्था र कोविड–१९ को महामारी खान बस्न समस्या भएकोले सेल्टर बनाएर राख्ने गरेको संस्थाका अध्यक्ष बिजया राई श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठ स्वयम् पनि आप्रवासी महिला श्रमिक रहनुभएको थियो ।

यी दुई परोपकारी संस्था मिलेर अहिलेसम्म गर्दै आईरहेको कामलाई सानो सहयोग पुगोस् भनेर खाद्यान्न सहयोग गरेको शुक्र राईले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार