✍️ डम्बर बिकेल
काठमाडौं,
आश्विन ३ ।
मुटु कस्तो कुटुकुटु खाई पापिनीले
डुबाई पापिनीले, रुवाई पापिनीले
राम्रो देख्थेँ फूललाई, राम्रो देख्थेँ जूनलाई
फूलभन्दा जूनभन्दा राम्री देख्थेँ उनलाई
माया कस्तो सुटुसुटु पाई पापिनीले
डुबाई पापिनीले, रुवाई पापिनील
सँगै बाँच्ने, सँगै मर्ने बाचाकसम थियो
भुलेर बाचा निभाइदिई प्रेमको दियो
प्रेम कस्तो झुटझुट लाई पापिनीले
डुबाई पापिनीले, रुवाई पापिनीले






