काठमाडौं,
आश्विन १ ।
वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बिहीबार राष्ट्रियसभाको सदस्यको सपथ लिनुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । गौतमलाई बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रिय सभा छिर्ने गौतमको बाटो तय भएको थियो ।






