काठमाडौं,
आश्विन १ ।
बिहीबार देशभर थप एकहजार २ सय ४६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्याका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार २ सय ४१ नमुनामध्ये परिक्षणमा सो सङ्ख्या थप भएकोे नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ । यस्तै बिहीबार थप एक हजार २ सय ४३ जना सङ्क्रमित निकोभएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ४२ हजार ९ सय ४९पुगेको छ । देशभर १६ हजार २ सय ४१ जना सक्रिय सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
बिहीबार काठमाडौं उपत्यकामा ६ सय १८ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना थपमा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या १४ हजार २ सय ७९ पुगेको छ । काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय ४७ र भक्तपुरमा १ हजार १ सय ८६ सङ्क्रमित पुगेका छन् ।
यस्तै बिहीबार उदयपुरमा एक, खोटाङमा एक, झापामा ११, धनकुटामा एक, मोरङमा ९४, सुनसरीमा ५४, धनुषामा १६, पर्सामा १९, बारामा १०, महोत्तरीमा चार, रौतहटमा सात, सप्तरीमा नौ, सर्लाहीमा ११, सिरहामा ११, काभ्रेमा दुई, चितवनमा १ सय १, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा एक, मकवानपुरमा ६३, रामेछापमा एक, सिन्धुपाल्चोकमा चार, कास्कीमा १६, गोरखामा तीन, तनहुँमा दुई, नवलपरासीपूर्वमा १५, लमजुङमा एक, बागलुङमा चार, स्याङ्जामा एक, कपिलवस्तुमा एक, गुल्मीमा एक, दाङमा एक, नवलपरासीमा १६, पाल्पामा एक, प्यूठानमा २१, बर्दियामा १३, बाँकेमा २१, रुपन्देहीमा तीन, जाजरकोटमा एक, दैलेखमा १० र सुर्खेतमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय ८३ पुगेको छ । चार वटा जिल्लाका तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको हो । मृत्युहुनेमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया रहेका छन् । यसअघि बुधबार आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।






