काठमाडौं,
भाद्र ३१ ।
काठमाडौंमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरियो । यो भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे रहेको नेशनल सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पको तीब्रता ६ रेक्टर स्केल भएको एनएससीको ट्वीटमा उल्लेख छ ।

भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन।
अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।






