वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय

काठमाडौं,
भाद्र २९ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिपतिबाट मनोनयन गर्ने कोटामा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । यसअघि सत्तारुढ नेकपाले राष्ट्रिय सभाको रिक्त एक सीटमा गौतमलाई मनोनित गर्न सरकारसमक्ष सिफारिश गरेको थियो ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतम वर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित हुनुभएको थियो ।
यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिइएको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार