असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायात खुला गर्ने सरकारको निर्णय

काठमाडौं,
भाद्र २९ ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो । स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय भएको उहाँले बताउनुभयो । सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार