थप एक हजार २ सय १ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुग्यो

काठमाडौं,
भाद्र २७ ।

शनिबार थप एक हजार २ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । शनिबारको नियमित मिडिया ब्रिफिङमा स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिनुभयो । यस्तै, शनिबार थप ८ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

शनिबारसम्म थप १० हजार १ सय ७६ पीसीआर परीक्षण गरिएको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार देशभरमा १५ हजार २ सय ६० सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा बस्नेहरूको कुल सङ्ख्या ६ हजार १ सय ५३ छ ।

शनिबार काठमाडौं उपत्यकामा ४ सय ३१ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । योसहित उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ११ हजार १ सय ३९ पुगेको छ । जसमध्ये काठमाडौंमा नौ हजार १ सय ३, ललितपुरमा एक हजार १ सय २९ र भक्तपुरमा ९ सय ७ सङ्क्रमित पुगेका छन् ।

यस्तै शनिबार इलाममा एक, उदयपुरमा एक, ओखलढुङ्गामा एक, झापामा एक, मारेङमा ५८, सुनसरीमा १४, धनुषामा एक, पर्सामा १०, बारामा १५, महोत्तरीमा आठ, रौतहटमा चार, सप्तरीमा १०, सर्लाहीमा ८३, सिराहामा सात, काभ्रेपलाञ्चोकमा दुई, चितवनमा ९२, दोलखामा एक, मकवानपुरमा १ सय ७, रामेछापमा सात, सिन्धुपाल्चोकमा एक, सिन्धुलीमा एक, कास्कीमा ३५, गोरखामा ६, तनहुँमा एक, नवलपरासीपूर्वमा ५१, लकजुङमा उक, बागलुङमा तीन, स्याङ्जामा सात, अर्घाखाँचीमा तीन, कपिलवस्तुमा २२, दाङमा २४, नवलपरासीमा तीन, पाल्पामा नौ, प्यूठानमा एक, बर्दियामा १८, बाँकेमा ३२, रुकुम पूर्वमा दुई, रुपन्देहीमा ८१, रोल्पामा आठ, दैलेखमा चार, सुर्खेतमा १८, कञ्चनपुरमा आठ, कैलालीमा चार, डडेल्धुरामा दुई र डोटीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार तीन महिला र ११ पुरुष गरी १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ सय ३६ पुगेको छ । १० वटा जिल्लामा तीन महिला र ११ पुरुष गरी १४ जना कोरोना सङ्क्रमितका कारण मृत्यु भएको हो । काठमाडौंमा मात्र तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै सुनसरीमा ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५, गोरखामा ४५, कास्कीमा ५१, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार