बुधबार थपिए एक हजार ८१ जना कोरोना सङ्क्रमित, ९ सय १८ जना डिस्चार्ज र ६ जनाको मृत्यु

काठमाडौं
भदौ २४ ।

थप एकहजार ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बुधबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एकहजार ८१ जानामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २५ रहेको छ । बुधबार थप ९ सय १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा ३३ हजार ८ सय ८२ उपचारपछि निको भएका छन् ।

देशभरका प्रयोगशालाहरू मा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । बुधबारसम्म सात लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन सात हजार ९ सय ८८ जना र होम आइसोलेसनमा सात हजार ३७ जना छन् । बुधबारसम्म देशभर पाँच हजार ४ सय ८० जना क्वारेन्टिनमा छन् । देशभर २२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ६२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बुधबार काठमाडौं उपत्यकामा ४ सय ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३६ र भक्तपुरमा ३४ सङ्क्रमित थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । योसहित काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११ र भक्तपुरमा ८ सय १८ सङ्क्रमित पुगेका छन् । उपत्यकामा मंगलबार ३ सय ९६जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै बुधबार उदयपुरमा एक, ओखलढुङ्गामा तीन, खोटाङमा दुई, झापामा ६, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७, सुनसरीमा ५६, धनुषामा तीन, पर्सामा ६, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा ६, सिराहामा ८१, काभ्रेमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन, सिन्धुलीमा एक, कास्कीमा १०, गोर्खामा एक, तनहुँमा चार, नवलपरासीपुर्वमा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई, स्याङजामा एक, कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२, रुपन्देहीमा ४२, जाजरकोटमा एक, दैलेखमा दुई, सुर्खेतमा २२, अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय १२ पुगेको छ । बुधबार पाँच वटा जिल्लाका तीन महिला र तीन पुरुष गरी ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । काठमाडौंका ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार