थप ९ सय २ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४८हजार १ सय ३८ पुग्यो

काठमाडौं,
भाद्र २३ ।

मंगलबार थप ९ सय २ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८ सय ६८ छ । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ । मंगलबारसम्म सात लाख ८८ हजार १ सय ७४ जानाको पीसीआर परीक्षण गरिएको छ ।

मंगलबार थप २ हजार २ सय ८७ कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा ३२ हजार ९ सय ६४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

मंगलबारसम्म डिस्चार्ज हुनेमध्ये प्रदेश २ मा सबैभन्दा बढी छन् । प्रदेश २ मा नौ हजार ५ सय २३ जना कोरोनामुक्त भइसकेका छन् । त्यसैगरी प्रदेश ५ मा पाँच हजार ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० जनाले कोरोना जितेका छन् । यस्तै बाग्मती प्रदेशमा पाँच हजार ४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै प्रदेश १ मा दुई हजार ८ सय १६ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन् । कर्णाली प्रदेशमा पनि दुई हजार ३ सय ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् भने गण्डकीमा एक हजार ९ सय ९२ सङ्क्रमित निको भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन आठ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना छन् । मंगलबारसम्म देशभर पाँच हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।

मंगलबार काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ९ सय ७६ पुगेको छ । काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ सङ्क्रमित पुगेका छन् ।

यस्तै मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुङ्गामा १३, झापामा १६, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा चार, रौतहटमा आठ, सप्तरीमा १८, सर्लाहीमा ६, सिराहामा चार, काभ्रेमा दुई, चितवनमा २०, दोलखामा दुई, धादिङमा आठ, नुवाकोटमा तीन, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछापमा आठ, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा एक, कास्कीमा ३०, गोर्खामा १८, तनहुँमा तीन, नवलपरासीपुर्वमा सात, पर्वतमा एक, लमजुङमा दुई, बागलुङमा १०, स्याङजामा एक, अर्घाखाँचीमा एक, कपिलवस्तुमा एक, गुल्मीमा एक, दाङमा तीन, नवलपरासीमा एक, बर्दियामा सात, बाँकेमा पाँच, रुपन्देहीमा २१, रोल्पामा एक, दैलेखमा एक, सुर्खेतमा १८, कञ्चनपुरमा नौ र कैलालीमा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय ६ पुगेको छ । चार वटा जिल्लाका एक महिला र पाँच पुरुष गरी ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष र काठमाडौंमा ८० वर्षीया महिला अनि ८५ वर्षीय पुरुषगरी ६ जनाको मृत्यु भएको छ । यसअघि सोमबार ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार