काठमाडौं,
भाद्र २२ ।
सोमबार थप ९ सय ७९ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङमा थप १ हजार ७ सय ३६ जना कोरोना सङ्क्रमित निको भएको जानकरी दिनुभयो । योसँगै हालसम्म कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २ सय ५९ रहेको छ भने ४ हजार ७ सय ३९ जना क्वारेन्टिनमा छन् ।
काठमाडौं उपत्यकामा सोमबार थप ३ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा २ सय ९३, ललितपुरमा २० तथा भक्तपुरमा १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ८० पुगेको छ । त्यसैगरी, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९ सय ३९ र भक्तपुरमा ७ सय २४ सङ्क्रमित पुगेका छन् ।
यस्तैे उदयपुरमा एक, झापामा १६, पाँचथरमा ६, भोजपुरमा एक, मोरङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा एक, धनुषामा ४४, महोत्तरीमा तीन, सप्तरीमा १९, सर्लाहीमा २०, सिरहामा ४१, काभ्रेमा २८, चितवनमा १९, दोलखामा तीन, धादिङमा चार, मकवानपुरमा ७३, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक, कास्कीमा ३०, गोरखामा १८, तनहुँमा ६, नवलपरासी पूर्वमा १६, पर्वतमा एक, लमजुङमा १५, कपिलवस्तुमा दुई, गुल्मीमा आठ, नवलपरासीमा दुई, पाल्पामा पाँच, प्युठानमा एक, बर्दियामा ४१, बाँकेमा ४२, रुपन्देहीमा ४१, कालिकोटमा दुई, जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा तीन, सुर्खेतमा १९, कञ्चनपुरमा सात, कैलालीमा ती, बझाङमा एक र बाजुरामा एक जनामा थप कोरोना सङ्क्रमण पुष्टि भएकोे छ ।
थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या तीनसय पुगेको छ । आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । प्रवक्ता डा. देवकोटाका अनुसार काठमाडौंमा ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै मोरङमा ७६, सिरहामा ७८ र ६२, सर्लाहीमा ३५, दोलखामा ६९, मकवानपुरमा ३९, बाँकेमा ५९ वर्षीय पुरुष र कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको छ ।






