लघुचलचित्र ‘ढोका’मा कोरोनाको कथा

काठमाडौं,
भाद्र २१ ।

‘बरु बनको बाघले खाओस मनको बाघले नखाओस ।’ यो नेपाली उखानलाई लघुचलचित्र ‘ढोका’ मा उतारिएको छ । विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको चलचित्र ‘ढोका’ सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डीएआर मुभिज एन्ड फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘ढोका’को लेखन तथा निर्देशन दिवश धिताल हुनुहुन्छ भने चलचित्रको नायकको भूमिकामा पनि उहाँ नै हुनुहुन्छ ।

आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्दशक धितालले बताउनुभयो । चलचित्रको छायांकन तथा सम्पादन बरुण कोईरालाले गर्नुभएको छ । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आउनुभएको छांयाकार हुनुहुन्छ । बरुणले यश फिल्ममा साउण्ड डिजाईनको पनि काम गर्नुभएको छ ।

‘ढोका’ लाई राजाराम गौतमले निर्माण गर्नुभएको हो । चलचित्रमा अन्यकलाकारमा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारी रहनुभएको छ ।

यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ । चलचित्रमा निर्माण नियन्त्रण विवेक चौलागाई रहनुभएको छ । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युट्युव च्यानलबाट दर्शक माझ आएको छ ।

https://www.youtube.com/watch?v=_ie3HYNs8NI&feature=youtu.be&sub_confirmation=1

यसमा तपाइको मत

अन्य समाचार