✍️विशाल के सी
तेजपुर/असम, भारत
जब कुनै युवतीको गर्भमा
पहिलो पटक
एउटा सन्तान
आफ्नो पहिलो श्वास फेर्दैछ
तब उसलाई
आमा हुने अधिकार प्रदान गर्दछ
त्यती खेर त्यो गर्भ
संसारको सबै भन्दा मीठो उपहार हुन्छ
हुन त त्यो गर्भ पनि सम्भोगको क्रियबाट उत्पन्न भएको हो
तर त्यती खेर त्यो सम्भोग पनि
ईश्वरको आशिर्वाद नै होला ।
किनभने हर सम्भोग मा ईश्वरको आशिर्वाद हुँदैन
त्यही भएर प्रत्येक गर्भले
आमाको उपाघि पनि पाउँदैनन्
सायद त्यती खेर
दुई शरीरको आलिङ्गन रस भन्दा पनि
ममता मै आँगनको फुलबारी झैं सुगन्धित हुन्छ गर्भ
किनभने
जब कुन्य युवतीको गर्भमा
पहिलो पटक
एउटा सन्तानले
आफ्नो पहिलो सुवास फेर्दछ
तब उसलाई
आमा हुने अधिकार प्रदान गर्दछ
त्यहीँ भएर होला
जब एउटी नारीले गर्भ धारण गरिसक्दा
उसमा, ऊभित्र !
हजार-हजार पिडा सहने शक्ति आउँछ
अनि जब
सम्भोग र गर्भको मध्यको
आमा बनेर क्षितिजमा चारै पट्टि फुल्दछन्






