थप एक हजार ४१ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको सङ्ख्या २ सय ८० पुग्यो

काठमाडौं
भाद्र २० ।

शनिबार थप एक हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमण हुनेमा ३ सय ४९ महिला र ६ सय ९२ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो ।

यस्तै शनिबारसम्म थप एक हजार ५ सय ६६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै कूल डिस्चार्ज हुनेको सङ्ख्या २७ हजार १ सय २७ पुगेको छ । पछिल्लो समय १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८ सय ७० छ । हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना छन् ।

शनिबार काठमाडौं उपत्यकाम ४ सय ८ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ९ सय पुगेको छ । त्यसैगरी, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८ सय ८७ र भक्तपुरमा ६ सय ७९ सङ्क्रमित पुगेका छन् ।

यस्तै शनिबार इलाममा एक, उदयपुरमा तीन, ओखलढुङ्गामा दुई झापामा सात, मोरङमा ३५, सुनसरीमा २०, धनुषामा सात, पर्सामा १०, बारामा १३, महोत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काभ्रेमा ६, चितवनमा ४५, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा एक, मकवानपुरमा ३५, रामेछापमा पाँच, सिन्धुलीमा दुई, कास्कीमा २३, गोरखामा १७, तनहुँमा तीन, नवलपरासीपूर्वमा पाँच, पर्वतमा एक, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा तीन, अर्घाखाँचीमा एक, कपिलवस्तुमा एक, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा तीन, प्यूठानमा एक, बर्दियामा सात, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा एक, जाजरकोटमा तीन, दैलेखमा तीन, सल्यानमा दुई, कञ्चनपुरमा पाँच, कैलालीमा चार, डडेल्धुरामा एक, डोटीमा दुई र बझाङमा १६ कोरोना सङ्क्रमित थपिएका छन् ।

शनिबार थप नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । शनिबार मृत्यु पुष्टि हुनेमा प्रदेश १ मा मोरङकी ४३ वर्षीया एक महिला, प्रदेश २ मा महोत्तरीका ७८, बाराका ७५ वर्षीय पुरुष रहनुभएको छ । त्यसैगरी, बागमती प्रदेश मकवानपुरका ५२ वर्षीया महिला, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुष र प्रदेश ५ मा नवलपरासीका ३६ वर्षीया महिला तथा रुपन्देहीका ४० वर्षीय पुरुष रहनु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार