✍️पेशल आचार्य
१.
मानिस र पशुमा
एकथोक मात्र फरक छ
– पशु पहिले जुध्छन् र पछि मिल्छन् !
– मानिस पहिले मिल्छन् र पछि जुध्छन् ।।
२.
वातावरण परिवर्तनको असर
मेरो कम्प्युटरमा पनि देखियो
– जब मैले पानी टाइप गरेँ
– त्यहाँ त सररअ बरफ पो लेखियो ।।
३.
प्रीतिभोजमा आएका
पाहुना झैँ हुन् सन्तान
मीठोमा प्रशंसा र नमीठोमा दन्त बझान
बाबुआमा कल्पन्छन्
– थोरै सन्तान ईश्वरका वरदान !
४.
बूढो भएपछि मानिसले
रिसमात्र पोख्ने गर्छ
किनकि जीवनभर उसले
हाँसो निखारी सक्छ ।।
५.
दुई आँखाको मिलन हुनै सक्दैन
किनकि बीचमा नाकको डाँडी छ ।
चाहेर पनि नेपाल विकसित हुनै सक्दैन
किनकि युवाको रहर मात्रै मलेसिया र खाडी छ ।






