काठमाडौं
भाद्र १८ ।
गायक तथा सङ्गीतकार नरहरि प्रेमी र गायिका सुमिना लोको स्वरमा रहेको गीत ‘नौं डाँडा काटेपछि…’सार्वजनिक भएको छ । गोविन्द गिरी ‘प्रेरणा’को शब्द, नरहरिकै आफ्नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जिबी आग्रीको निर्देशन रहेको गीतको भिडियोमा सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गर्नुभएको छ । गीतमा मायालुलाई छोडेर प्रदेशिनुको कथा व्यथालाई समेटिएको छ ।
गीतको भिडियो राग भिजन मल्टी मुभिजको व्यानरमा बनेको भिडियोमा दयाशंकर चौधरीको छायांकन र मीन रावलको सम्पादन रहेको छ ।






