काठमाडौं,
भदौ १८ ।
पछिल्लो समय टिकटक निकै रुचाएको सामाजिक सञ्जाल भएको छ । यसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर धेरैले पाएका छन् । नेपालमा टिकट्कले पनि निक्कै बजार तताएको छ यसको माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन । त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ ।
टिकटकको माध्यमबाट कलाकारितालाई प्रबद्र्धन गर्ने उद्देश्यले द जीएमआई एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो सँगको सहकार्यमा द बिगेष्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको हो । यस प्रतिस्पर्धाबाट मिष्टर एन्ड मिस टिकट्क छनौट गरिने द जीएमआई एकेडेमी्का सिईओ महेश लामिछानेले जनाकारी दिनुभयो ।
प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ देखि वितरण शुरु भएको अनलाइन फारम भर्नुपर्नेछ । आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उक्त प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक चलचित्रसँगै दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार नगदसहित एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्ने अष्ट्रेलिया स्थित मेलवर्नमा रहेका आयोजक सुजन खरेलले जानकारी गराउनु भयो ।






