काठमाडौं,
भाद्र १६ ।
मंगलबार काठमाडौं उपत्यकामा ४ सय ८१ सहित देशभर एक हजार ६९ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी गराउनु भयो ।
योसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ५ पुगेको छ । काठमाडौंमा ५ हजार १५, ललितपुरका ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ सङ्क्रमित पुगेका छन् । सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ सय ९८ जना सङ्क्रमित थपिएका थिए ।
आइतबार ४ सय २९ सङ्क्रमित भेटिएका थिए । सोमबार उपत्यकामा सङ्क्रमितको सङ्ख्या घटेको भए पनि मंगलबार फेरि बढेका छन् ।
मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता डा.गौतमका अनुसार जसमा ३ सय ४४ महिला र ७ सय २५ पुरुष छन् । योसँगै देशभर सङ्क्रमितको कूल सङ्ख्या ४० हजार ५ सय २९ पुगेको छ । त्यस्तै मंगलबारसम्म सक्रिय सङ्क्रमितको संख्या १८ हजार १ सय १२ छ ।
मंगलबार थप ७ सय ६८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म २२ हजार १ सय ७८ जना कोरोना सङ्क्रमणलाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म जम्मा ७ लाख ५ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै मंगलबार उदयपुरमा एक, ओखलढुंगामा दुई, खोटाङमा दुई, झापामा १४, पाँचथरमा एक, मोरङमा १२, सुनसरीमा ५६, धनुषामा एक, पर्सामा दुई, बारामा ११, महोत्तरीमा दुई, रौतहटमा पाँच, सप्तरीमा एक, सर्लाहीमा १९, काभ्रेमा आठ, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोटमा दुई, मकवानपुरमा ६, रसुवामा एक, रामेछापमा दुई र सिन्धुपाल्चोकका एक जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सिन्धुलीमा ६, कास्कीमा चार, गोर्खामा आठ, तनहुँमा पाँच, नवलपरासी पूर्वमा १५, पर्वतमा एक, लमजुङमा ३२, अर्घाखाँचीमा नौ, कपिलवस्तुमा सात, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा चार, पाल्पामा एक, प्यूठानमा एक, वर्दियामा सात, बाँकेमा ३३, रुकुममा एक, रुपन्देहीमा ९१, जुम्लामा दुई, दैलेखमा दुई, सुर्खेतमा एक, सल्यानमा एक, अछाममा १३, कञ्चनपुरमा चार, कैलालीमा २०, डडेल्धुरामा दुई, डोटीमा २४, बझाङमा ४० तथा बैतडीमा १२ जना सङ्क्रमित थपिएका छन् ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ३२ जना र होम आइसोलेसनमा ७ हजार २० रहेक छन् । मंगलबारसम्म देशभर ७ हजार ३ सय ९० जना क्वारेन्टिनमा छन् । बागमती प्रदेशमा १४ जना, प्रदेश ५ मा तीन जना गरी १७ जना भेन्टिलेटरमा छन् । देशभर १ सय २७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।
कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा महोत्तरीकी एक चार वर्षीया बालिका र अन्य विभिन्न जिल्लाका १० जना पुरुष हुनुहुन्छ । मंगलबार मृत्यु पुष्टि हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुष रहनुभएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ३९ पुगेको छ ।






