काठमाडौं,
भाद्र १५ ।
सन्तोष राईले निर्माण गरेको लघु चलचित्र ‘प्रेमले सिकाएको बाटो’ सार्वजनिक गरिएको छ । १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना सङ्क्रमण पछि आउँने अवस्थालाई पनि चित्रण गर्न खोजिएको छ ।
https://youtu.be/1QPojoQtflA
ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रमले सिकाएको बाटोका लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको अभिनय देख्न सकिन्छ ।
मोहन खालिङ र हरि बस्नेतको छायाँकन, कुन्दन राईको ब्याकराउण्ड स्कोर तथा रिकेश बज्राचार्यको सम्पादन रहेको भिडियोमा गणेश रिजाल, केशव फुयाल, मानसिंह राई, दीपेन्द्र राई, रक्षक राई, जुना राई, खुसी राई, मिनु खत्री र आयुशा खत्रीकोसमेत अभिनय रहेको छ ।






