काठमाडौं,
भाद्र १५ ।
नेपालमा कोरनो भाइरस (कोभिड-१९)का कूल सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । सोमबार थप ८ सय ९९मा सङ्क्रमण पुष्टि भएसँगै यो सङ्ख्या पुगेको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ९९मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिनुभयो । जसमा ३ सय ३ महिला र ५ सय ९६ पुरुष रहेका छन् ।
पछिल्लो समय थप ५ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४ सय १० उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ३ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार जना र होम आइसोलेसनमा ६ हजार रहेका छन् । सोमबारसम्म देशभर ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा दुई जना र प्रदेश १ मा एक जना गरी १६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ३२ जना आईसीयूमा राखेर उपचार भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १२ रहेको छ । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन् ।
यस्तै पछिल्लो समय काठमाडौं उपत्यकामा २ सय ९८ कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार काठमाडौं १ सय ९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । आइतबार काठमाडौंमा ३ सय ७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना सङ्क्रमित थप भएका थिए ।
त्यसैगरी सोमबार ओखलढुङगामा एक, खोटाङमा एक, झापामा पाँच, मोरङमा १९, सङ्खुवासभामा नौ, सुनसरीमा २५, धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा एक, सप्तरीमा २२, सर्लाहीमा १ सय ३, सिराहामा पाँच, काभ्रेमा १३, चितवनमा ७१, दोलखामा दुई, धादिङमा एक, मकवानपुरमा ४२, रामेछापमा दुई, सिन्धुपाल्चोकमा एक, सिन्धुलीमा सात, कास्कीमा तीन, गोर्खामा १३, तनहुँमा २६, नवलपरासीमा सात, लमजुङमा दुई, बागलुङमा चार, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, पाल्पामा एक, वर्दियामा दुई, बाँकेमा १४, रुपन्देहीमा ११, जुम्लामा एक, सुर्खेतमा ३८, अछाममा २३, कञ्चनपुरमा सात, कैलालीमा १६, डोटीमा एक, बझाङमा एक र बैतडीमा दुई जना सङ्क्रमित थपिएका छन् ।
कोरोना सङ्क्रमणबाट सोमबार थप सात जनाको मृत्यु भएको पृष्टी भएको छ । योसहित देशभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो समय मृत्यु हुनेमा तीन महिला र चार पुरुष रहनुभएको छ । जसमा महोत्तरीमा चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष रहनुभएको छ । आइतबार १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।






