सातौ संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड-०७७ को सर्बोत्कृष्ट घोषणा

काठमाडौं,
भाद्र १४ ।

सातौ संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड – ०७७ को सर्बोत्कृष्ट घोषणा गरिएको छ । हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाड पर्वको सम्मान, मौलिक गीत-सङ्गीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराका साथ विगत सात वर्षदेखि हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड ०७७ को सर्बोत्कृष्ट घोषणा गरिएको हो ।

हरेक वर्ष एक भव्य कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिदै आइएकोमा यस पटक ‘कोरोना’ प्रभावका कारण कार्यक्रम हुन नसकेपछि सर्बोत्कृष्ट घोष्णा प्रेस विज्ञप्ती मार्फत गर्नुपरेको छायाँछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताउनुभयो । उहाँका अनुसार वातावरण सहज भएपछि एक कार्यक्रमको आयोजनागरी ट्रफी एवम् प्रमाणपत्र प्रदान गरिने छ । विगत वर्षहरुमा भन्दा यसपटक तीज गीतको निर्माण ६० प्रतिशत भन्दा माथि गिरावट आएपनि जुन रुपमा अवार्डमा सहभागिता भयो र उत्साह पूर्वक अवार्डको सम्मान राखीयो त्यसप्रति सर्जकहरुलाई आभार प्रकट गरिन्छ । प्रोत्साहन, सम्मान मिलोस् र भोलिका दिनमा अझै राम्रा सिर्जना आउन भन्ने हेतुले स्रष्टालाई सम्मानित गर्दै आएको अध्यक्ष प्रियले बताउनुभयो ।

कार्यक्रमका अवरसमा वरिष्ठ गायिका देविका बन्दनालाई तीज सङ्गीत स्रष्टा सम्मान –०७७बाट सम्मानित गरिने भएको छ । यस अघि यो पुरस्कार वरिष्ठ गायिका चन्द्रकला शाहलाई प्रदान गरिएको थियो ।

यस्तै सातौ तीज म्युजिक अवार्डकै अवसरमा एक दशक भन्दा लामो समयदेखि रङ्ग पत्रकारितामा कलम चलाउदै आएकी रङ्ग पत्रकार राधिका अधिकारीलाई छायाँछवि नारी रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने यो वर्ष प्रदान गरिने भएको छ । यसअघि यो पुरस्कार गीता अधिकारी, जयन सुब्बा मानन्धर र शारदा थापालाई प्रदान गरिएको थियो । आयोजकका अनुसार यो वर्ष डेड सय गीतले सहभागीता जनाएका थिए ।

सर्बोत्कृष्ट यस प्रकार रहेका छन :-

१) उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारी : ढाकाको चोलीमा
२) उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेल स् आयो तीज
३) उत्कृष्ट तीज गीत दोहोरी नवगायन
आयुषा गौतम : विधुवा
४) उत्कृष्ट तीज गीत नवगायिका
सरीता भारती : रातो सारी लरक्कै
५) उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्मा : बरी लै माइतीको आगन
६) उत्कृष्ट तीज गीत सम्पादक
वीरेन्द्र भाट विपिन : सम्झायो माइतिघर
७) उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाई : रातो रातो सारी
८) उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी : चट्टै माया फरर
९) उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेल : रातो रातो सारी
१०) उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा विसी : बुहारी – ३
११) उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्याल : हाम्री संगीनी
१२) उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्का : बुहारी – ३
१३) उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेल : सुरक्षित तीज
१४) उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगर : बुट्टा भरेको
१५) युगल तीज गीत
सुजाता केसी्रोजी श्रेष्ठ : सलहका बगाल
१६) तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला्शुशीला थापा : नाचौं न नाचौ न
१७) उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्म्स : सैना
१८) उत्कृष्ट तीज गीत कम्पनी
एस थ्रि के इन्टरटेनमेन्ट : चेलीको बेदना
१९) उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारी : आयो तीज
२०) उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेय : सुरक्षित तीज
२१) उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटा : भेल्वेटको चोली
२२) उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठ : नाच्न आकी छु
२३) उत्कृष्ट तीज गीत लय
योगेश काजी : बजाउँदै चुरा
२४) उत्कृष्ट तीज दोहोरी गीत गायक
सूर्य खड्का : सलह किराले
२५) उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानु : बुहारी – ३
२६) उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापा : यसपाली तीजैमा
२७) उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्साल : पातली-२, ऐना हेरी हेरी
२८) उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने : यस्तो बनोस् मेरो तीज
२९) जुरी अवार्ड
सञ्जु लम्साल (तीज गीत गायिका) : हाम्री संगीनी
शुशिला थापा (मोडल) : सलहका बगाल
सूर्य चन्द (निर्देशक) : छम छम बजाउदै चुरा
३०) पब्लिक च्वाईस अवार्ड
भिडीयो निर्देशक – देवेन्द्र कुवर : विधुवा
तीज दोहोरी गायीका – सिर्जना खत्री हाउडेमाया : छड्के तीलहरी
३१) इनकरेजमेन्ट अवार्ड
तीज दोहोरी गीत गायक – कमल बिसी : लुती (साडी सुतीको)
३२) सामाजिक सन्देश गीत
गरीमा ज्ञवाली : सुरक्षित तीज
३३) उत्कृष्ट मोफसल तीज गीत
कोरोना र लकडाउन : श्रीनगर फिल्म्स

यसमा तपाइको मत

अन्य समाचार