काठमाडौं,
भाद्र १३ ।
मीनप्रकाश वली र उषा कार्कीको स्वरमा रहेको गीत ‘बुढो विदेश रैछ…’ सार्वजनिक भएको छ । मीनप्रकाश कै सङ्गीत र राजु सुनामको ऐरञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सामाजिक घटनालाई चित्रण गरेको गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काले छायांकन गरेको उक्त गीतमा गायिका आफैँले अभिनय गर्नुभएको छ भने साथमा भुपाल कार्की, कमला नेपाली, सरिता गुरुङ, दीपक लामाको अभिनय देख्न सकिन्छ ।






