कविता : उ उज्यालो

✍️ छिरिङ शेर्पा अविरल

बर्सौ अध्यारोमा राखेर
उज्यालो खोसिए पछि
टुकी बालेर
जिन्दगीहरु उज्यालो खोज्दै थिए
राको बालेर
अगेनोमा भान्सा पाक्थे
जुनकीरी लाइटर बालेर
पधेरोमा जान्थ्यौ
माकुरोको जालो भित्र लुकेका चिमहरु
कहिले बल्थ्यो अनि निभ्थ्यो
थाहै हुदैनथ्यो
एक्कासि
अचानक
उ आयो र उज्यालो भयो
लाग्छ
उ हाम्रो उज्यालो हो
उ बिना सायद उज्यालो असम्भव छ
अँध्यारो कुनामा
केही उडुसहरुको खासखुस सुनेको छु
उ जान्छ र हामी रगत चुस्छौ
पहिले जस्तै फेरि
हामी कहाँ हराउन दिन्छौ र हाम्रो उज्यालो
गर्व लाग्छ उज्यालोमा
आयो फेरि उ उज्यालो
मन बलेको छ
टयुबलाईटहरुमा ।
हाम्रो उज्यालो कुलमान घिसिङ्लाई कोटि कोटि नमन

यसमा तपाइको मत

अन्य समाचार