अप्रिय कोरोनालाई डीआरको चिठ्ठी

✍️ डा. डीआर उपाध्याय

अप्रिय कोरोना, के भनोैं, बन्द कोठा भित्र बसेर दिनहरु बिताईरहेको छु । लेख रचना र गीत लेखेर भए पनि समय कटाईरहेको छु । तिमीसँग भेट हुन्छ की भनेर घरको गेटसम्म पुगेको छैन । बिश्व मानव जातीलाई तिमीले यति त्रास बनाएका छौ की त्यो भनि साध्य छैन । कोरोना तिमी कस्तो छौ, कुन रङ्गको छौ । मलाई थाहा छैन । यति थाहा छ, तिमीसँग मेरो भेट भयो भने मेरो मात्र ज्यान होइन सिङ्गो परिवार र समाजको ज्यान जोखिममा जान सक्छ । त्यसैले म घरवाट बाहिर निस्केको छैन र अरुलाई पनि ननिस्कन अनुरोध गरेको छु ।

कोरोना, तिमीसंग मेरो भेट भएन भने कुनै हालतमा मेरो र मेरो परिवारका साथै समाजसंग तिम्रो भेट हुने छैन । विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे तिम्रो प्रभाव फैलिइरहेको छ। सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । मृतक थपिइरहेका छन् । अप्रिय कोरोना, तिमीले बिश्व मानव जातीलाई कति दुःख दिईरहेका छौ । पछिल्लो अवस्थाले तिमीलाई नियन्त्रण गर्न नेपाल सरकारलाई हम्मेहम्मे परेको छ । चीनको वुहानबाट शुरु भएको तिम्रो यात्रा ईरान, कोरिया र इटलीहुँदै संसारभरी पुगिसक्यो ।

कोरोना तिमीलाई नियन्त्रणमा लिन मेरो पनि भूमिका छ । हरेक नागरिकमा हुनु आवश्यक छ । कोरोना तिम्रो नियन्त्रण सामूहिक पहलबाट मात्रै सम्भव छ । यो कुरा हामी बुझेका छौ । तिम्रो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको उपस्थिति अस्पताल, चोक र क्वारेन्टाइन स्थलमा सीमित छ । चिकित्सक अस्पतालबाट बाहिर जान सकेका छैनन् । सङ्क्रमण फैलिरहेको समुदाय स्तरमा भने कसैको प्रभावकारी उपस्थिति छैन । यति खेर म अलि भावुक छु । सोच्न सकेको छैन । कोरोना तिमीले गर्दा धेरै मानव जातीको रोजगार खोसिएको छ ।

उद्योग धन्दा बन्द छन । ब्ययापार ब्यवसाय सवै ठप्प छन । गरिव निमुखा जनताको अवस्था दयनीय छ । स्कुल, कलेज, बन्द छन । भविश्यका कर्णधार बिद्यार्थीहरुको भविश्य अन्योलमा छ । तिम्रो कारणले गर्दा कोरोना सवै बन्द कोठा भित्र सीमित हुन परेको छ । घरमा खाने कुरा छैन, साथमा दाम छैन । यो समस्या कति लामो समय जाने हो कसैलाई थाहा छैन । तर, पनि हामी सवै धैर्य भएर घर भित्र बसेका छौ । कोरोना तिमीलाई चिठ्ठी लेखनु मेरो कुनै रहर होइन, यो एउटा मनको बह हो । तिमीलाई मैले देखेको पनि छैन र भेटेको पनि छैन । तर पनि फेसवुक मार्फत यो चिठ्ठ तिमीलाई नै पोष्ट गदैछु ।

यसमा तपाइको मत

अन्य समाचार