काठमाडौं,
भाद्र ७ ।
सुजाता के. सी. र प्रद्युम्न घलेको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘स्वाभिमानी नेपाली…’ सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्दरचना, प्रद्युम्न घलेको सङ्गीत र रोशन बान्तवा राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/JTjiHJcSUcU
सार्वजनिक गीतको भिडियोमा राष्ट्रिय सभा सदस्य कोमल ओली, गीतकार तथा चलचित्र पत्रकार शान्तिप्रिय, अभिनेत्री खुश्बु खड्का, कृष्णभक्त महर्जन, ज्योति प्रकाश, प्रद्युम्न घले, सुजाता के.सी. गणेश के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।
रामसिंह भाटको सिनेम्याटोग्राफी तथा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादनमा तयार भएको गीतको भिडियो वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण गरिएको हो । भिडियोलाई द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।






