काठमाडौं,
भाद्र ६ ।
कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशन रहेको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । साहिल खान, सूर्य थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको छोटो चलचित्र सार्वजनिक भएको हो ।
सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।
https://www.youtube.com/watch?v=C7T94cRTjhM
प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्रलाई कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेका हुन् । चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने सुदीप बरालको डीओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा सङ्गीत र साहिल खानको सम्पादन छ ।
चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ । रामजीको निर्देशनमा यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक भएको थिए ।






