काठमाडौं,
भाद्र ५ ।
राजेश पायल राईको स्वरमा रहेको गीत ‘त्यो तिमी हौ…’ सार्वजनिक भएको छ । निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् । गीतको भिडियोलाई सुदिप बरालले छायाँकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।
भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका हुन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।






