कास्की जिल्लामा निषेधाज्ञा

पोखरा,
भाद्र २ ।

कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण तथा रोकथाम नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी गराउनुभएको छ ।

भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन भने मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार