नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं,
भाद्र १ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बोलाएको छ । नेकपाले आज सचिवालय बैठक बोलाएको हो । पार्टीमा जारी विवाद हल गर्नका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमालटार शनिबार पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका गर्नुभएको थियो । त्यसैअनुसार आज बिहान ९ः३० बजेका लागि बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग गर्नुभएको थियो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनेको छ ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश भएपछि पटक पटक स्थागीत भएको छ । पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थायी कमिटी बैठक स्थगित भएपछि अझै निरन्तरता पाउन सकेको छैन । करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सदस्य हेरफेर गर्ने तयारी थालेको स्रोतले बताएको छ ।

यसमा तपाइको मत

अन्य समाचार