सामाजिक सञ्जाल मार्फत फेरि आवाज उठ्यो निर्मला पन्तको न्यायका लागि

काठमाडौं,
साउन ३२ ।

निर्मला पन्तको न्यायको लागि फेरि आवाज उठाउन थालेको छ । बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको दुई वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलागेको र निर्मलाले न्याय नपाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरोकारवाला व्यक्तिहरुलाई यसबारे ध्यानाकर्षण गराउन थालेका हुन् । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकोको आधिकारिक फेसबुक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट गर्दै निर्मलालाई चाँडो न्याय दिलाउन माग गरेका छन् ।

समाजिक सञ्जाल प्रयोगकर्ताहरुले कमेन्टमा ‘जस्टिज फर निर्मला’ ‘निर्मलालाई न्याय देऊ’ भन्दै कमेन्ट गरिरहेका छन् । यस्तै कमेन्टमै निर्मला तस्वीरसहितको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेको पोष्टर पनि कमेन्ट गरिरहेका छन् । यो कमेन्ट अभियानमा अन्य धेरै फेसबुक प्रयोगकर्ताले सहभागिता र ऐक्यवद्धता जनाइरहेका छन् र सरकारलाई दवाव दिन सुरु गरेका छन् । यसमा २ लाख ७५ हजार भन्दा बढीले कमेन्ट गरिसकेका छन् भने अधिकांश कमेन्टहरु निर्मलाको लागि न्याय मागिएका छन् ।

यसैगरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटन तथा नागरिक उद्योग मन्त्री योगेश भट्टराई, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न मन्त्री, शीर्ष पार्टीका नेताहरुको पनि प्रोफाइल पिक्चरमा कमेन्ट गर्दै निर्मलाई चाँडै न्याय दिलाउन माग गरिरहेका छन् ।

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । तर, आजसम्म प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको छैन् ।

यसमा तपाइको मत

अन्य समाचार