काठमाडौं,
साउन ३० ।
काठमडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को उच्च सङ्क्रमण देखिएको छ । भाइरसको सङ्क्रमण देखिए उपत्यकाका २५ वटा ठाउँ सिल गरिएका छन् । कोरोना भाइरसको सङ्क्रमण उपत्यकामा फैलिँदै गएपछि उपत्यका मुख्य ठाउँहरु असन, न्युरोड, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोकलगायतका ठाउँमा सिल गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको २१ नम्बर वडा भोटेबाहाल, लगनटोल, कुमारीगल पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि सिल गरिएको छ । यस्तै २२ नम्बर वडाको रञ्जना गल्ली, भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, इन्द्रचोक, मखन टोललगायतका ठाउँहरू सिल गरिएको छ । सिल गरको ठाउँमा अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न रोक लगाइएको छ । सिल गरिएका क्षेत्रमा कोरोना भाइरसको परीक्षण भइरहेको जनाइएकोे छ ।






