प्रत्येक बिहीबार वेब सिरिज ‘अफ साइड’ (भिडियोसहित)

काठमाडौं,
साउन २९ ।

वेब सिरिज ‘अफ साइड’निर्माण गरिएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुकोसमेत अभिनय रहेको वेब सिरिज ‘अफ साइड’ युट्युब मार्फत सार्वजनिक भइरहेको छ ।

जितेन्द्र राजोपाध्यायले निर्देशन तथा सम्पादन गरेको सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, संजय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ । कार्यकारी निर्माता तथा परिकल्पना सुगन तन्डुकार रहेका छन् । सिरिजमा काजी लिम्बुको कथा, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, डोलेन्द्र कटुवालको छायाँकन रहेको छ ।

अहिलेको समयमा फुटबल खेलाडीको समस्यालाई कमेडी तथा ब्यङ्गात्मक रुपमा निर्देशकले देखाउन खोजेका छन । संजिल लामा, जितेन्द्र कार्की र समाइरा तन्डुकार निर्माता रहेको सिरिज अफ साइड नामक युट्युब च्यानल मार्फत प्रत्येक बिहीबार साँझ ४ बजे सार्वजनिक भईरहेको छ ।

पहिलो सिजन अन्तर्गत सिरिज १२ भाग निर्माण गर्ने र भबिष्यमा यस्तै बिषयमा फिचर फिल्मसमेत निर्माण गरिने कार्यकारी निर्माता सुगन तन्डुकारले बताए ।

यसमा तपाइको मत

अन्य समाचार