काठमाडौं,
साउन २६ ।
मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्न साउन २५ गते आईतबार अनलाइन मार्फत आयोजना गरिएको र्याली अफ होप कार्यक्रमलाई सम्बोधन गदै विश्व नेताहरुले मानवता बचाउनको लागि एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।
कोभिड-१९ महामारीले विश्वव्यापी रुपमा परिवारहरूमा दुःख, कष्ट र पिडा दिनुका साथसाथै विश्व मानवजाति एकअर्काबाट टाढा हुँदै गइराखेको र अन्तर्राष्ट्रिय सहयोग घट्दै गइरहेका सन्दर्भमा विश्वले कोभिड-१९ को सामना गर्दै गर्दा नागरिक स्वास्थ्य र जीवन्त अर्थतन्त्र मध्ये कुन चाहिँलाई प्राथमिकता दिने भन्ने विषय बिश्व एक हुनुपर्नेमा बेला आएको बताएका छन् । सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार स्वामी पाउला, ह्वाइट हाउस अफ कउन्सीलर जापानका पूर्व अध्यक्ष चुइची डेट र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिच, सेनेगलका राष्ट्रपति म्याक्की साल, नाइजरका प्रधानमन्त्री ब्रिजी राफिनीलगायतका विश्व नेताहरूले सम्बोधन गरेका थिए ।
मानवीय मूल्य मान्यताहरूको बढ्दो विचलन वा भ्रमको सामना गरिरहेको विश्वले धार्मिक कट्टरपन्थ र धर्मनिरपेक्षका बीचको मूल्य मान्यताको ध्रुवीकरणको कुराले मात्र होइन कि बरु तिनीहरूका बीचको बढ्दो दृढताले चुनौति थपिदिएको सम्मेलनमा सहभागी बत्ताहरुले बताए । संयुक्त राष्ट्र सङ्घ र ईयू जस्ता अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूका कारण शान्ति, द्वन्द्व समाधान, गरिबी निवारणको क्षेत्रमा उल्लेख्य प्रगति भएको भएतापनि विश्वमा अझैपनि भूमि, स्रोतसाधन, धार्मिक तथा जातीय मतभेद, पारिवारिक मूल्यमान्यताको स्खलन, जलवायु परिवर्तन आदिलाई केन्द्रविन्दु बनाएर द्वन्द्व र सङ्घर्ष भइनै रहेको मा चिन्त ब्यत्त गरेका थिए ।
विश्वका १९४ देशका लाखौ मानिसको सहभागिता रहेको कार्यक्रम युनिभर्सल पिस फेडरेशनकी सहसंस्थापिका डा. हाक जा हान मुनले मानवताका लागि आशाको विशेष सन्देश प्रवाह गर्ने कार्यक्रम गरिएको बताउँदै वसुदैव कुटुम्बकम्को आदर्श संसार निर्माण र वास्तविकीकरणका बारेमा सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन विश्वका विभिन्न धार्मिक आस्थाका धार्मिक नेताहरूको आह्वान र स्तुती वाचनका साथ गरिएको थियो । सम्मेलन विश्व चर्चित कलाकारद्वारा आफ्नो प्रस्तुति प्रस्तुत गरिएको थियोे । विश्व भरीका ७० भन्दा बढी टेलिभीजनहरु प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा इन्टरनेश्नल समिट काउन्सिल फर पीस तथा इन्टरनेश्नल एशोसियसन अफ पार्लियामेन्टेरियन्स फर पीस, इन्टर रिलिजियस एशोसियसन फर पीस एण्ड डेभलप्मेन्ट, इन्टरनेश्नल मिडिया एशोसियसन फर पीस, इन्टरनेश्नल एशोसियसन फर इकोनोमिक डेभलप्मेन्ट र इन्टरनेश्नल एशोसियसन अफ एकाडेमिसियन्स फर पीस लगायका संस्थाहरु सहभागिता रहेको थियो । सम्मेलनले राजनीतिक, आर्थिक, शैक्षिकलगायत क्षेत्रका विश्व नेताहरूलाई एकठाउँमा ल्याउन तथा विश्वमा सद्भाव र एकताका लागि काम गर्ने अपेक्षा गरिएको छ ।






