‘ह्यन्ड्सम पोइ खोज्नु छ…’ भन्दै आइन सेलिना (भिडियोसहित)

काठमाडौं,
साउन २१ ।

गायिका सेलिना कुँवरको स्वरको रहेको तीज गीत ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ’ सार्वजनिक भएको छ । अर्जुन पौडेलको शब्द र सन्तोष राजको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/ahGb3_dTWhU

अञ्जली अधिकारीले मोडलिङ गरेको उक्त भिडियोको हरेक पक्ष उत्कृष्ट रहेको तथा गायन र शब्द रचना समेत उत्कृष्ट रहेको निर्माण पक्षको दावी छ । भिडियोमा निर्देशन सन्तोष राजबाहकको रहेको छ भने ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् ।

गीतको भिडियोलाई बेस म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार