शान्तिप्रिय र सरिताको ‘रातो सारी लरक्कै…’ (भिडियोसहित)

काठमाडौं,
साउन २० ।

मोडल एवम् सञ्चारकर्मी सरिता भारतीको स्वरमा रहेको तीज गीत ‘रातो सारी लरक्कै…’ सार्वजनिक भएको छ । अग्रज पत्रकार एवम् गीतकार शान्ति प्रियको शब्द, सङ्गीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको सङ्गीत र सुदीप सागरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिलक्षण क्रियसनले निर्माण गरेको सार्वजनिक गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको नृत्य तथा अभिनय रहेको छ ।

गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायाँकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको श्रृङ्गार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् । गीतको भिडियो च्यानल व्युटी न्युज नेपालबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार