‘कम्मरमा पटुकी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १८ ।

अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘कम्मरमा पटुकी…’ सार्वजनिक भएको छ । सुनिल राईको सङ्गीत र प्रताप दासको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एल्वम बिहानीको सितलमा समाविष्ट यो गीतको भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका छन् भने भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई दीपक गीरीले छायांकन तथा अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका छन् गीतकार बालकृष्ण न्यौपाने अमेरिकामा रहेर पनि नेपाली साहित्य र सङ्गीतमा क्रियाशिल रहँदै आएका छन् ।

उनका यस अघि ‘तितो लाग्न थाल्यो…’, ‘अव यि हातहरु…’, ‘पहिले कतै…’लगायतका गीतहरु सार्वजनिक छन् । उनका स्वरमा पनि ‘जहाँ जान्छु त्यहीँ पाउँछु…’, ‘हाम्रो पहिलो प्रेम…’, ‘अब यि अल्छी हातमा…’, ‘बनमारा फुल्ने फूलमा…’लगायतका गीतहरु सार्वजनिक छन् ।

यसमा तपाइको मत

अन्य समाचार