‘जवानीको ऐना हजुर…’ भन्दै आइन मेलिना (भिडियोसहित)

काठमाडौं,
साउन १८ ।

मेलिना राईको स्वरमा रहेको गीत ‘जवानीको ऐना हजुर…’ सार्वजनिक भएको छ । सुनिल मास्केको सङ्गीत निर्देशन तथा अर्जुन रत्न भिखारीका शब्दहरुमा मेलिनाले आफ्नो सुरिलो स्वर भरेकी हुन् । गीतमा रिकेश गुरुङले सङ्गीत संयोजन गरेका छन् । यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ ।

ए-वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ रहेका छन् ।

गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बाँसुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ ।
युवराज वाइवाद्वारा निर्देशित गीतको भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार