यस्तो छ आजको मौसम

काठमाडौं,
साउन १८ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ ।

आज दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति, देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार