नेपालभाषा का तीन कृतिको लोकार्पण

काठमाडौं,
साउन १७ ।

नेपालभाषा एकेडमीको आयोजनामा शनिबार नेवाः युट्युबको फेसबुक पेजको प्रत्यक्ष प्रशारणको माध्यमबाट तीन वटा विभिन्न पुस्तकको विमोचन भएको छ । आयोजक संस्था नेपालभाषा एकेडेमीका संरक्षकसमेत रहनु भएका वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद् डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि डा. जोशीको निवास स्थानमा रहेको लोक साहित्य भवनमा सम्पन्न विमोचन कार्यक्रममा नेपालभाषा एकेडमीको अर्धवार्षिक प्रकाशन नेवाः प्रज्ञा को अङ्क ४ सहित समालोचक प्रा.डा. चन्द्रमान बज्राचार्यको समालोचना सङ्ग्रह ‘ल्हाःचिं’ (हस्ताक्षर) र साहित्यकार यज्ञरत्न धाख्वाःका कथा सङ्ग्रह ‘चं अजि’ (हजुर आमा) नामक पुस्तक नेपालभाषा एकेडमीबाट प्रकाशन गरिएको हो ।

प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले तीनवटै पुस्तक विमोचन गर्नुभयो । सो विमोचन कार्यक्रममा प्रमुख अतिथि शताब्दी पुरुष जोशीले नेपालभाषा एकेडेमीले विभिन्न विषयक पुस्तक प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै नेपाली साहित्य लाई अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद गरी अन्तरर्राष्ट्रीय साहित्य जगतमा पुऱ्याउन सक्नुपर्छ भन्नुभयो ।

आयोजक संस्था नेपालभाषा एकेडेमीका उपकुलपति एवम् साहित्यकार यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न सो विमोचन कार्यक्रममा सोही एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा प्रकाशित एक पुस्तकका लेखक बज्राचार्यलगायतले नेपालभाषा साहित्य बारे चर्चा गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार