काठमाडौं,
साउन १७ ।
थप ३ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३ सय १५ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको छ ।
नयाँ सङ्क्रमितमा कैलालीका ८९, बझाङका ६८, पर्साका ६६, इलामका २२, सुनसरीका १, झापाका २, सिरहाका ५, उदयपुरका १, मोरङका ३, सप्तरीका ७, बाराका १, रौटहटका १, कञ्चनपुरका ९, काठमाडौंका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, भक्तपुरका १, कास्कीका १, रुपन्देहीका २ र सल्यान १ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै निको हुनेको सङ्ख्या १४ हजार ४ सय ९२ पुगेको छ । गत २४ घन्टामा ६ हजार ९ सय ९३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४ सय ९० परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या ११ हजार ५ सय ३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको सङ्ख्या ५ हजार ३ सय ३८ जना रहेको छ ।






