काठमाडौं,
साउन १७ ।
केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका गायक पदम राईले ‘के गुलियो छ र शखर चिनी…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनि…’ गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् ।
डीपी खनालको शब्द, शंकर थापा ‘स्मल’को सङ्गीत, सुवल थापाको कोरियोग्राफर । गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सरोज अधिकारी, आष्मा बिश्वकर्माका साथमा काटून क्रुजका कलाकारको अभिनय रहेको छ ।
‘मेरो बिगतका साङ्गीतिक कोसेलीलाई झैँ यसलाई पनि मन पराईदिनु हुने आशा लिएको छु’, पदमले भने ।






