‘यसपालीको हाम्रो तीज इन्टरनेटमा…’ लिएर आए नीलकण्ठ (भिडियोसहित)

काठमाडौं,
साउन १७ ।

अमेरिकाको भर्जिनिया बस्दै आएका सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ भन्ने तीजको गीत ओएसआर च्यानल मार्फत सार्वजनिक भएको छ । हिन्दू नेपाली नारीहरूको महानचाड तीज पर्वमा कोभिड १९ को माहामारीबाट सुरक्षित रहँदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको यो गीतले सन्देश दिएको गीतकार सर्जक नीलकण्ठ सुबेदीले जानकारी दिएका छन् ।

अघिल्लो वर्षका तीजका गीतमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जानेलगायतका विषय थिए । अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ ।
राम कार्कीको सङ्गीत रहेको यो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् ।

सार्वजनिक गीतमा इन्टरनेटमार्फत् साथी–संगीसँग तीज मनाउन आग्रह गरिएको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय रहेको छ । कोरोनाको कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गीत रचनाकार सुवेदीको विश्वास छ ।

यसैगरी, डिसी मेट्रो क्षेत्र अन्तर्गत सामुहिक रुपले तीजका दिन मनाइने डिसी मेट्रो परिवार भर्चुअल तीज कार्यक्रममा यो गीतलाई प्रस्तुत गरिने समेत सर्जक नीलकण्ठ सुबेदीले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार