काठमाडौं,
साउन १५ ।
सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको गीत ‘ठिक छैन है चाला…’ सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, नेहा शर्मा कुइकेल र निरुता शाही फिचर्ड छन् ।
सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो ।






