‘सम्झनाले मुटु पोल्छ…’ भन्दै आए जीवन मुकारुङ (भिडियोसहित)

काठमाडौं,
साउन १४ ।

‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीत सार्वजनिक भएको छ । जीवन मुकारुङको शब्द, दिनेशकाजी बान्तवाको सङ्गीत र सविना योङहाङको स्वर सजिएको कर्णप्रिय उक्त गीतको भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतकारसमेत रहेका म्युजिक भिडियो निर्देशक जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको भिडियोमा मन्दिप मुकारुङ, गायिका तथा मोडल सविना योङहाङ र अव्देहा श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा धनमाया काम्बाङको शृङ्गार र मोडल स्वयम् मन्दिप मुकारुङको सिनेमाटोग्राफी रहेको छ । पदम राजन मगरको सङ्गीत संयोजन रहेको गीतकोे मिक्सिङ तथा रेकर्डिङ मुस्कान मुकारुङले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार